
पूर्णपुष्टि, जेष्ठ ६
पूर्व माओवादीका बरिष्ठ नेताको रुपमा परिचित रामवहादुर थापाले सत्ताकै लागि एमाले प्रवेश गर्यो । कम्युनिष्ट फुटेर दई धार बनेपछि उनले आफ्नो घर त्यागेर सत्ता नछोड्ने हिसावले अरुकै घर रोज्यो । पछिल्लो समय राजनितिक घटनाक्रम फेरवदल सँगै थापाले आफ्नो सत्ता धेरै टिकाउनै सकेन । हालै सर्वोच्चले गरेको फैसालाले थापाको पद खुस्कीएको छ ।
कम्युनिष्ट बिभाजित सँगै एमाले र माओवादी आ–आफ्नै पार्टीमा पुगेपछि थापाले पद जोगाउनकै लागि सरकार पक्षका पार्टी एमालेलाई रोजेका थिए । राष्ट्रिय सभाको उपनिर्वाचनमा समेत हार बेहोरे पछि थापा सँग अब पदको कुनै विकल्प नरहेको हो । बिहीबारै भएको राष्ट्रियसभाको उप चुनाव जितेको भए बादललाई पुनः सांसदको सपथ खाएर गृहमन्त्रीमा नियुक्त हुने ठाउँ रहन्थ्यो । तर, बिहीबारै भएको राष्ट्रियसभाको उप चुनावमा समेत हारेपछि बादलको सत्तारोहणमा ‘ब्रेक’ लागेको छ ।
यता गैर सांसदको रुपमा काम गरिरहेको भन्दै सर्वोच्च अदालतले समेत थापा सहित पूर्व माओवादी केन्द्र बाट पद खोज्दै एमालेमा गएको सातै जना मन्त्रीहरुको पद ख्यारेज गरिदियो यसले थापालाई झनै असर गर्यो एकै दिनमा दुई निर्णयले अहिले थापाको पद गुमेको हो ।
एमाले पार्टीभित्र अहिले माधव नेपाल पक्षले ०७५ जेठ २ मा फर्कनुपर्ने माग गरिरहेको छ । माधव पक्षको माग पूरा भयो भने पार्टीमा पनि बादलको पदीय जिम्मेवारी थप धरापमा पर्ने देखिएको छ ।
बादल पदमुक्त भएपछि गृहमन्त्रालयको दाबी उपप्रधानमन्त्री ईश्वर पोखरेलले स्वाभाविक रुपमा गर्ने एमाले नेताहरु बताउँछन् । साथै माओवादी मन्त्रीहरु पदमुक्त भएपछि खाली रहेका अन्य ६ वटा मन्त्रालय पनि अब एमाले जनका लागि खाली भएका छन् ।
सर्वोच्चको आदेशसँगै लेखराज भट्ट, मणि थापा, प्रभु साह, दावा लामा र गौरीशंकर चौधरीले सम्हालेका मन्त्रालयहरू एकैचोटि खाली भएका छन् ।
