Friday, May 1News That Matters

गोहोरोको छाला काटेर टिकटक बनाउने महिला पक्राउ

पूर्णपुष्टि, असार २० 

गोहोरोको छाला काटेर टिकटक बनाउने धादिङका एक महिलालाई जिल्ला वन कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको छ । गल्छी गाउँपालिका–६ बैरेनीमा प्रतिबन्धित दुर्लभ वन्यजन्तु गोहोरोको छाला काटेर टिकटक बनाउने लमजुङकी ४० वर्षीया महिला कल्पना शाखी पक्राउ परेको हो ।

अवैध वन्यजन्तुको सिकार गरेको मुद्दामा अनुसन्धानका लागि आरोपितलाई जिल्ला वन कार्यालयको टोलीले प्रहरी कार्यालयको हिरासतमा राख्न पठाएको जिल्ला प्रहरी कार्यालय दाधिङले जनाएको छ ।