
रौतामाई/बैशाख, २४
रौतामाइ गाउँपालिकाका अध्यक्ष गजेन्द्र बहादुर खड्काले ग्रामिण क्षेत्र अझै नाजुक तथा प्रभावित अवस्थामा रहेको बताउनु भएको छ ।
कोरोना भाइरस रोकथाम र नियन्त्रणको अवस्था सामान्य नबनेपछि बाराम्बार थपिएको लकडाउनको कारण ग्रामिण क्षेत्रको जनताहरु झनै मार्कामा परेको उहाँले बताउनुभयो ।
यहाँ अधिकांश मानिसहरु कृषि र ज्याला मजदुर गरी खानेहरु मात्र रहेका छन् उहाँले भन्नुभयो । लकडाउनको कारण बजार पसलहरु समेत नखुले पछि आफु सँग भएको स्रोत साधनलाई समेत बजारमा किन बेच गर्न नपाउँदा आम्दानिको स्रोत सुन्य रहेको उहाँले बताउनुभयो ।
गाउँमा रोजगारको बिकल्पको रुपमा रहेको कृषि तथा पसुपालन अहिले समस्यामा छ । भएको खसी बाख्राहरु समेत बेचेर पैसा जोहो गर्न नसक्दा ग्रामिण क्षेत्रको जनताहरु खान समस्या रहेको खड्काले बताउनुभयो ।
उहाँले गाउँमा खाद्यन्न एक ठुलो समस्या रहेको बताउनुभयो । पालिकाले एक चरणको राहत वितरण गरिसकेको भएता पनि लामो समयको लकडाउन समस्याले दैनिक ज्यालादार र विपन्न परिवार त समस्यामा नै छ, अन्यहरुलाई पनि असर परिसकेको बताउनुभयो ।
अन्यहरु पनि दैनिक रुपमा आफ्नो स्रोत साधनको उपभोग गर्न नपाउँदा भएको रासनहरु पनि सकिन थालेकाले दैनिक क्रियाकलाप बन्द हुनुमा यो समस्या आएको खड्काले बताउनुभयो ।
अध्यक्ष खड्काले विश्वभर फैलिएको कोरोनाले सबैलाई समस्यामा पारेको भन्दै पालिकाको अविभावकको दायित्व निर्भाह गरिरहेको बताउनुभयो । पालिकावासीहरुलाई सुरक्षितका साथ जिवनयापनका लागि खाद्यन्न, लगाएत स्वास्थ्य तथा चेतनामुलक कार्यहरुलाई तिव्र बनाइएको बताउनुभयो ।
बिषेश गरी विदेशबाट आएकाहरुलाई व्यवस्थित र निगरानीमा राख्ने कार्यका साथै स्वास्थ्य परिक्षण जस्ता महत्वपूर्ण कामलाई पालिकाले विषेश ध्यानमा राखेको बताउनुभयो ।
गाउँनै शिल्ड गरी नयाँ मान्छेहरुलाई प्रवेशमा रोक लगाउनुका साथै आफ्नै पालिकावासीहरु हो भने पनि क्वारेन्टाइनमा सुरक्षित गरी राख्ने कामले कोरोना रोकथाममा पालिकाले ठुलो भुमिका र सतर्कता अपनाएको उहाँले बताउनुभयो ।
