Thursday, May 14News That Matters

ग्लोबल आइएमई बैंकले माघ २९ गतेदेखि ऋणपत्र निष्कासन गर्दै

पूर्णपुष्टि,माघ २० । ग्लोबल आइएमई बैंकले आगामी माघ २९ गतेदेखि ऋणपत्र निष्कासन गर्ने भएको छ । वार्षिक ११.२५ प्रतिशत ब्याजदर रहेको ५ वर्ष अवधिको ग्लोबल आइएमई बैंक डिबेन्चर २०८४र८५ निष्कासन गर्न लागेको हो।

कुल कित्तामध्ये ६० प्रतिशत अर्थात् ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता व्यक्तिगत तवरबाट र ४० प्रतिशत अर्थात् २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता सर्वसाधारणमा बिक्री गर्ने बैंकले बताएको छ । सर्वसाधारणलाई छुट्याएको मध्येबाट ३० हजार कित्ता सामूहिक लगानी कोषहरूमा बाँडफाँट गरी बाँकी १९ लाख ३० हजार कित्ता भने सार्वजनिक निष्कासनमार्फत बिक्री गर्न लागेको बैंकको भनाइ छ।

बैंकले प्रति ऋणपत्र एक हजार अंकित दरका ५ अर्ब रुपैयाँ बराबरको ५० लाख कित्ता ऋणपत्र निष्कासन गर्न लागेको हो । उक्त ऋणपत्र खरिदका न्यूनतम २५ कित्तादेखि अधिकतम १० लाख कित्तासम्म आवेदन दिन सकिनेछ।

ऋणपत्रमा छिटोमा फागुन ३ गतेसम्म आवेदन दिन सकिनेछ। उक्त अवधिसम्म माग बमोजिम आवेदन नपरेमा फागुन १४ गतेसम्म ऋणपत्रमा आवेदन दिन सकिन्छ। बैंकको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल रहेको छ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरू तथा तिनका तोकिएका शाखा कार्यालयहरूबाट आवेदन दिन सक्नेछन्।

यस्तै, सिडिएस एण्ड क्लियरिङबाट निर्माण गरिएको सफ्टवेर ुमेरो सेयरु अनलाइन प्रयोग गरी सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सकिने व्यवस्था छ। उक्त ऋणपत्रलाई क्रेडिट रेटिङ संस्था इक्रा नेपालले ुइक्रा एनपी इस्युअर रेटिङ एु प्रदान गरेको छ। उक्त रेटिङले न्यून कर्जा जोखिम रहेको जनाउँछ।