Monday, April 20News That Matters

घरेलु टोली गाईघाटलाई हराउँदै मोरङ सेमिफाइनलमा प्रवेश

पूर्णपुष्टि,वैशाख १९ । उदयपुरको गाईघाटमा जारी उप–मेयर महिला फुटबल प्रतियोगिताको अन्तिम क्वाटर फाइनल खेल सकिए संगै PSWC पथरी मोरङ सेमिफाइनलमा प्रवेश गरेका छन् । मंगलवार त्रियुगा नगरपालिकामा अवस्थित थरुहट रंगशालामा भएको प्रतिस्पर्धात्मक खेलमा घरेलु टोली गाईघाट फुटबल क्लव उदयपुरलाई १ को विरुद्ध २ गोल गर्दै पथरी मोरङले सेमिफाइनलको यात्रा सुरक्षित गरेका हुन् ।

दिनको ३ः३० बजेबाट सुरु भएको प्रतियोगितामा गाईघाटका तर्फबाट पहिलो हाफको ७औँ मिनेटमा जर्सि नं.९का खेलाडि मनिता तामाङले उत्कृष्ट गोल गर्दै टिमकालागि खाता खेल्न सफल भएका थियो । दुवै तर्फका खेलाडिहरुको काउन्टर एट्यकीङ खेल चलिरहँदा दोस्रो हाफको ५१औ मिनेटमा मोरङको तर्फबाट जर्सी नं.९का खेलाडि सुप्रिया मियाँले जवाफी गोल फर्काउदै खेललाई बरावरीमा ल्याएकि थिइन् । त्यसको ८५औँ मिनेटको खेलमा मियाँले पुःन गोल गर्दै टिमकालागि २–१को नतिजा दिलाएकी हुन् । खेलको निर्धारित समय सम्म घरेलु टोलीको तर्फबाट कुनै जवाफि गोल हुँन नसक्दा मुख्य रेफ्रि पंकज चौधरीले निर्धारित समय समाप्त भएको घोषण गरिदिए । प्रतियोगितामा मोरङका तर्फबाट २ गोल गर्न सफल भएको मियाँले Player of the match संगै नगद रु,२ हजार प्राप्त गरे ।

मोरङका सुप्रिया मियाँलाई Player of The Match प्रदान गर्दै रन्जन कार्की र नजबुल खाण

मोरङको जीत संगै अन्तिम क्वाटर फाइनल खेल समाप्त भएको छ । भोली बुधवार ३ः३० बजे देखि हुँने पहिलो सेमीफाइनल खेलमा माउन्ट एभरेष्ट क्लब सुनसरी र All in One क्लव झापाले प्रतिस्पार्धा गर्ने उदयपुर जिल्ला फुटबल संघका प्रशिक्षक तथा प्रतियोगिताको म्याच कमिस्नर दिपक थापाले बताए ।