
पूर्णपुष्टि, फागुन ३०
धनुषा जिल्लामा घरेलु मदिरा सेवनबाट पाँच जनाको मृत्यु भएकाे खबर छ । जिल्लाको क्षीरेश्वरनाथ नगरपालिका–२ मा घरेलु मदिरा सेवनबाट पाँचजनाकेा मृत्यु भएकाे हाे ।
मृत्यु हुनेमा ३५ वर्षीय ब्रहमदेव यादव, ४० वर्षीय बिलास मण्डल, ६५ वर्षीय गुद्री महरा, ३६ वर्षीय रामनारायण महरा र ३० वर्षीय राजु महरा रहेकाे इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएकाे छ । बुधबार ३ जनाको मृत्यु गएकोमा बिहीबार थप २ को मृत्यु भएको प्रहरीले जनाएकाे छ ।
अनुसन्धानबाट अत्यधिक घरेलु रक्सी सेवनले उनीहरूको मृत्यु भएको पाइएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक पप्पु नायकले जानकारी दिनुभयाे । घरेलु मदिराकै सेवनबाट अर्का एकजना गम्भीर बिरामी परेकाे र उनलाइ घोपा क्याम्प धरान पठाइएको जनाइएकाे छ ।
