Tuesday, June 23News That Matters

घाँस काट्न गएका ७ जना बालिका बेपत्ता

पूर्णपुष्टि, चैत १८ 

महोत्तरीमा घाँस काट्न गएका सात जना बालिका बेपत्ता भएका छन् ।

भंगहा नगरपालिका वडा नम्बर ८ धर्मपुरका १८ वर्षीया अस्मिता पासवान, सोही उमेरकी नगिना पासवान, १५ वर्षीया रिया पासवान, सोही उमेरकी अर्चना पासवान, १३ वर्षीया ज्योती पासवान, १० वर्षीया रञ्जना पासवान र सीमा पासवान बेपत्ता भएको प्रहरीले जनाएको छ ।

मंगलबार दिउँसो घाँस काट्न गएका बालिकाहरु अहिलेसम्म घर नफर्केको प्रहरीले जनाएको छ । घाँस काट्न गएका ७ जना बालिका बेपत्ता सूचना आए लगतै खोजी कार्य भईरहेको प्रहरीले जनाएको छ ।

बालिकाहरु बेपत्ता भएपछि गाउँमा त्रास उत्पन्न भएको प्रहरीले जनाएको छ ।