Tuesday, April 28News That Matters

घाँस काट्न गएकी एक महिलाको शव फेला

पूर्णपुष्टि, वैशाख ४ गते ।
घाँस काट्न गएकी एक महिलाको शव जंगलमा फेला परेको छ । महोत्तरीको मनरासिस्वा नगरपालिका–३ स्थित वनमा ५९ वर्षीया जिवशीदेवी साहको शव फेला परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
जिल्लाको सम्सी पगाउँपालिका–५ पोखरभिण्डा बस्ने सोगारथ साहकी पत्नी साँझ ५ बजे घाँस काट्न गएकी र रातिसम्म नफर्केपछि खोजतलास गर्दै जाँदा वनमा मृत अवस्थामा फेला परेको हो ।
राति १० बजे पोखरभिण्डास्थित प्रहरी चौकीलाई खबर गरेलगत्तै घटनास्थल पुगेको प्रहरी टोलीले जाँचबुझ गर्दा उनको शरीरमा कुनै चोटपटक नदेखिएको जनाइएको छ ।
स्थानीयवासी तथा आफन्तले उनको मृत्यु सर्पदंश वा उच्च तथा अल्प रक्तसञ्चारका कारण भएको हुनसक्ने अनुमान लगाएका छन् । प्रहरीले यसबारे अनुसन्धानको काम अगाडि बढाइसकिएको जनाएको छ ।