
पूर्णपुष्टि,फागुन १८ । उदयपुरको फोक्सिङटारमा घाँस काट्ने क्रममा लडेर एक युवतीको मृत्यु भएको छ । त्रियुगा नगरपलिका १६, फोक्सिङटारकी स्थानीय ३९ वर्षीया निलम राईको लडेर मृत्यु भएको हो ।
मंलबार बिहानको १० बजे घर नजिक चिलाउने भिरमा घाँस काटने क्रममा भिरबाट लडि मृत्त अवस्थामा रहेको स्थानीयले प्रहरीलाई खबर गरेको थियो । उक्त खबर पाए लगतै प्रहरी चौकी सुकौराबाट प्रहरी टोली घट्ना स्थालमा खटिएको थियो । मृत्यु हुने राईलाई पोष्टमाटमको लागि जिल्ला अस्पताल ल्याई पोष्टमाटम पश्चात शव आफन्तलाई बुझाईएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
