
पूर्णपुष्टि, कार्तिक ५
घाँस झार्ने क्रममा रुखबाट लडेर ताप्लेजुङमा एक जनाको ज्यान गएको छ । जिल्लाको पाथिभरा याङवरक गाउँपालिका–२ ओलक गाउँका ७५ वर्षीय भीम बहादुर पौडेलको रुखबाट लडेर ज्यान गएको हो ।
हिजो बेलुका ४ बजे घर नजिकै रहेको कटमेरोको रुखमा चढि घाँस झार्ने क्रममा अचानक रुखबाट लडि पौडेलको घटनास्थलमै ज्यान गएको थियो । घटनाको जानकारी पाए लगतै प्रहरी चौकी थेचम्बु र जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट प्रहरी टोली खटि गई थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
