
पूर्णपुष्टि,चैत्र ९ । जनकपुरमा घुस लिएको आरोपमा वडा अध्यक्षसहित सचिवलाई अख्तियार दुरुप्रयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जनकपुर उपमहानगरपालिका ११ का वडा अध्यक्ष अर्जुनकुमार चौधरी र वडा सचिव माधवकुमार राय रहेका छन् ।
घुस माग गरिरहेको भन्ने सूचनाका आधारमा खटिएको आयोगको टोलीले उनिहरुलाई पक्राउ गरेका हो । आयोगका प्रवक्ता भोला दाहालले जनकपुर उपमहानगरपालिका ६ रामजानकी हस्पिटल नजिकबाट ५० हजार घुस लिइसकेको अवस्थामा उनिहरुलाई पक्राउ गरेको बताए ।
उनका अनुसार जग्गा दर्ता कायम गर्न सर्जमिन मुचुल्काको रोहबरमा दस्तखत गर्न सेवाग्राहीसँग घुस मागेको आयोगमा उजुरी परेपछि उनिहरुलाई घुस सहित पक्राउ गरेका हौं । यस घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको दाहालले बताए ।
