
पूर्णपुष्टि, फागुन १६
घुस लिन नमान्र्ने एक प्रहरी निरीक्षक (इन्स्पेक्टर) सहित १८ जना ट्राफिक प्रहरीलाई महानगरीय ट्राफिक प्रहरी महाशाखाले एक कार्यक्रमका बीच सम्मान गरेको छ ।

सम्मानित हुनेमध्ये ६ जनालाई नगदसहित वृत्ति विकासमा सहयोग हुने गरी अभिलेखमा गनिने गरी पुरस्कृत गरेको छ ।
ट्राफिक नियम उल्लङ्घन गर्ने चालकहरूले कारबाहीबाट बच्न र कारबाहीपछि हुने प्रक्रिया झन्झटिलो मानेर ट्राफिक प्रहरीलाई घुस दिन खोज्नेहरूलाई ट्राफिक प्रहरीले उल्टै कारबाही गर्ने गरेको महाशाखाले जनाएको छ ।
चालु आर्थिक वर्षमा मात्रै आर्थिक प्रलोभनमा पार्न खोज्ने ९४ जना चालकलाई पक्राउ गरी कानुनी दायरामा ल्याउने ६५ जना प्रहरी कर्मचारीलाई पुरस्कार एव प्रशंसा पत्रद्वारा सम्मान गरेको महाशाखाले जनाएको छ ।
