Tuesday, June 9News That Matters

चट्याङ र हावाहुरीसहति पानी पर्ने सम्भावना

बैशाख ७ 

आज केहि पहाडी भेगमा मेघगर्जन, चट्याङ र हावाहरीसहित पानी पर्ने सम्भावना रहेको छ ।

सुदूरपश्चिम र कर्णाली प्रदेशका केही ठाउँ र बाँकी प्रदेशका पहाडी क्षेत्रका एक÷दुई ठाउँमा दिउँसोपछि मेघगर्जन, चट्याङ्ग, हावाहुरी र असिनासहित पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुसमान महाशाखाले जनाएको छ ।

दिउँसोपछि पश्चिमी क्षेत्रमा स्थानीय वायुको साथसाथै पश्चिमी वायुको प्रभाव रहने देखिएको महाशाखाले जनाएको छ ।

आज सुदूरपश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बद्ली रहेर बाँकी ठाउँको मौसम आंशिक बद्ली रहने जनाएको छ ।