Friday, April 17News That Matters

चट्याङ लागेर एक बालिकाको मृत्यु, तीन घाईते

पूर्णपुष्टि, चैत २७ गते ।
चट्याङ लागेर तेह्रथुममा एक १० वर्षीया बालिकाको ज्यान गएको छ, भने तीन जना घाईते भएका छन् । जिल्लाको आठराई गाउँपालिका–६ चुहानडाँडास्थित फुङसिङस्थितको मिना कन्दङवाको ज्यान गएको हो ।
शुक्रबार अपरान्ह साढे ५ बजेतिर वर्षासँगै परेको चट्याङ लागेकी बालिकालाई उपचारका लागि पाँचथर सदरमकाम फिदिम लैजाँदै गर्दा बाटोमै ज्यान गएको प्रहरीको भनाई छ । प्रहरी निरीक्षक थान्दारका अनुसार चट्याङबाट ५१ वर्षीय दिलकुमार थोप्रा लिम्बू, वर्ष ३५ की ललिता थोप्रा लिम्बू र वर्ष ३७ का सुक्रराज थोप्रा लिम्बू घाइते भएका छन् । उनीहरुको हाल जिल्ला अस्पताल पाँचथरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।