Sunday, June 28News That Matters

चट्याङ लागेर एकको मृत्यु

पूर्णपुष्टि,माघ २५

ओखलढुङगामा चट्याङक लागेर एक जनाको मृत्युु भएको छ । मोलुङ गाउँपालिका–६ नयाँवनका २४ वर्षीया छम्जी शेर्पाको शनिबार चट्याङ लागेर मृत्यु भएको हो ।

साँझ ५ बजेतिर परेको चट्याङले आफ्नै घरमा बसिरहेकी शेर्पाको घटनास्थलमै मृत्यु भएको  जिल्ला प्रहरी कार्यालय ओखलढुङगाले जनाएको छ ।

मौसम बदलिको समय भएकोले हावाहुरी, वर्षा र चट्याङजस्ता प्राकृतिक प्रकोपको जोखिम हुन्छ  त्यसबाट बँच्न पूर्व तयारी गरेर बस्नुपर्ने मौसमविदहरुको भनाई रहेको छ ।