
उदयपुर, भदौ २ गते ।
त्रियुगाको खाँबुमा चट्याङ लागेर एक बालिकाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन् । त्रियुगा नगरपालिका – १५ खाँबुको १३ वर्षीय निर्माला मगरको चट्याङ लागेर मृत्यु भएको हो भने २९ वर्षीय पूर्णबहादुर मगर घाईते भएका हुन् ।
दिउँसो साढे २ बजे पूर्णबहादुरको घरमा बसी रहेको अवस्थमा पानिसँगै परेको चट्याङले लागेर निर्मलाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
चट्याङ लागेर दुवै जना घाईते भएपछि उपचारको लागि अस्पताल लैजाने क्रममा निर्मलाको बाटोमै मृत्यु भएको छ भने अर्का पूर्णबहादुरको जिल्ला अस्पताल उदयपुरमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
