
सुनसरी, भाद्र २१
सुनसरी देवानगंजमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ । देवानगंज–२ बस्ने ३० बर्षीय सन्तकुमार मेहेताको चट्याङले लागेर मृत्यु भएको हो ।
हिजो दिउँसो ४ बजे घर नजिकै खेतमा सनपाट पानीमा डुबाउने क्रममा मेहेतालाई चट्याङले लागेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
चट्याङ लागेर बेहोस भएका उनलाई उपचारार्थ लैजादै गर्दा बाटोमै मृत्यु भएको जिप्रकाले जनाएको छ ।

