
पूणर्पुष्टि, असोज २९
चप्पन सामुदायीक वन उपभोक्ता समितिले आफ्नो २५ औँ साधारण सभाबाट आर्थिक बर्ष २०७७/०७८ का लागि २२ लाख ६१ हजार बजेट पास गरेको छ ।
बिहिबार समितिले आयोजना गरेको साधारण सभामा समिति तथा उपभोक्ताहरुको छलफलबाट बजेट पास गरेको हो । गत आर्थिक बर्ष ५३ लाख ८३ हजार ४ सय १५ को बजेट पास भएको थियो ।

समितिका अध्यक्ष महेन्द्र सिग्देलले यो बर्षको बजेटले पर्यटन विकासलाई अगाडी बढाउने जनाउनु भएको छ । सिग्देलले बन संरक्षण र विरुवा रोपनमा बिषेश ध्यान राख्दै डिम्की मन्दिर आसमास पिकनिक स्पोर्टलाई पर्यटन क्षेत्र निर्माणमा विषेश जोड गर्ने बताउनुभयो ।
उहाँले डिम्कीको आसपास विभिन्न आम्दानी दिने फलफुलहरु लगाउने र आर्थिक विकासलाई पनि अगाडी बढाउने बताउनुभयो ।

बन संरक्षण र विरुवा रोपनमा आफ्नो बिषेश पहल रहेको बताउँदै डिम्की आसपास पर्यटन विकासको लागि व्यवस्थित गर्ने र त्यसका लागि डिपिआर तयारी भईरहेको अध्यक्ष सिग्देलले बताउनुभयो ।

समितिले बन जोगाउन ठुलो भुमिका खेल्ने र बनबाट उपभोक्ताले पाउने सेवा सुविधामा पनि व्यवस्थापन गर्ने जनाउनुभयो । ऐन नियमको दायरामा रहेर समिति र उपाभोक्ताहरु बिच एकआपसमा मिलेर बन संरक्षण गर्नुपर्नेमा जोड गर्दै बनलाई हराबरा बनाई पर्यटन विकासमा जोड गर्ने समितिले जनाएको छ ।
