Friday, July 17News That Matters

चाइना फाउन्डेसन बाट आज उदयपुरका दुई विद्यालयका विद्यार्थीलाई सामग्री बितरण

पूर्णपुष्टि, साउन १४

चाइना फाउन्डेसनको सहयोगमा उदयपुरको त्रियुगा नगरपालिकाका दुई विद्यालयका ३३७ विद्यार्थीलाई आज छुट्टाछुट्टै कार्यक्रमका बिच ब्याग,स्टेशनरी सामाग्री र हाइजेनिक सामाग्री बितरण गरेको छ ।

नेपाल चीन कार्यकारी परिषद्को पहल र अनुरोधमा चाइना फउण्डेसनले त्रियुगा नगरपालिका–१३ को जन प्रेमी आधारभुत विद्यालयका पुरुष  ७९ र महिला १०२ गरि जम्मा १८१ बिद्यार्थी तथा वडा न.६ को चुरिया आधारभुत विद्यालयका पुरुष ७७र महिला ७९ गरि जम्मा १५६ गरि दुबै विद्यालयका ३३७ विद्यार्थीलाई उक्त सामाग्री बितरण गरिएको हो ।

बितरणको क्रममा जनप्रेमी आधार भुत विद्यालयमा प्र.अ.शैलेन्द्र खतिवडाको सभापतित्वमा  गरियको    कार्यक्रमको प्रमुख अतिथी चाइना फौण्डेसनका फिल्ड कोअर्डिनेटर सुशील प्याकुरेल हुनुहुन्थ्यो भने बिशेश अतिथिमा वडा अध्यक्ष पशुपती चौधरी र अतिथिहरुमा नेपाल घरेलु तथा साना उधोग महासंघ उदयपुरका अध्यक्ष तथा नेपाल चीन कार्यकारी परिषदका प्रतिनिधि मधुकर थापा ,नेपाल चीन मैत्री बिकाश मंचका अध्यक्ष बिरेन्द्र बस्नेत र वडा सदस्य मान ब.मगर हुनुहुन्थ्यो । उक्त कार्यक्रममा अतिथिहरुले नेपाल र चिनको सम्बन्धलाई अझ बलियो बनाउन यस्ता खाले अन्य सहयोग ल्याउन पहल गरिनु पर्ने र चिनको बिकाशबाट नेपालले सिक्नु पर्ने बतायका थिय । उक्त कार्यक्रमको स्वागत मंन्तब्य शोभा पराजुलिले गर्नु भएको थियो ।

त्यसैगरि आजै त्रियुगा नगरपालिका–६ को चुरिया आधारभुत विद्यालयमा विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष उद्दब राउतको अध्यक्षतामा भयको उक्त कार्यक्रमका प्रमुख अतिथी चाइना फौण्डेशनका सुरेश प्याकुरेल ,विशेष अतिथी नगर सदस्य कृष्ण बुढाथोकी र अत्तिथिमा नेपाल घरेलु तथा साना उधोग महासंघका अध्यक्ष तथा नेपाल चीन कार्यकारी परिषदका प्रतिनिधि मधुकर थापा हुनु हुन्थ्यो । चाइना फौण्डेशनले उपलब्ध गरायको सहयोगको प्रशंसा गर्दै अझ सहयोगको लागि पहल गरिनु पर्ने बक्ताहरुले बताएका थिए । उक्त कार्यक्रमको स्वागत मन्तब्य रंग थापाले गर्नु भएको थियो ।

दुबै विद्यालयले चाइना फौण्डेशनलाइ मांयाको चिनो प्रदान गरेका थिए ।