
पूर्णपुष्टि, चैत २५ ।
सेभ द चिल्ड्रेनको स्थानीय साझेदार संस्था वाल विकास समाज नेपाल उदयपुरको सहकार्यमा विभिन्न स्वास्थ्य सामाग्रिहरु उदयपुरका स्थानीय सरकारहरुलाई हिजो हस्तान्तरण गरिएको छ ।
सेभ द चिल्ड्रेनका कार्यक्रम संयोजक दिपक वुढाथोकीका अनुसार सेनिटाइजर १४ लिटर, सर्जिकल मास्क १५०० थान, ग्लोव १२२० जोडी, वुुट १५ जोर, सावन २०० थान, युुटिलिटी ग्लोव १५ जोर लगायतका करिव १ लाख ५० हाजार भन्दा वढीका स्वास्थ्य सामाग्रीहरु वितरण गरिएको हो । जिल्लाका ताप्लि, उदयपुर गढी गाउँपालिका, त्रियुुगा र कटारी नगरपालिकामा सामाग्री हस्तान्तरण गरिएको संयोजक बुढाथोकीले बताउनुभयो ।

कोरोना भाइरस रोग कोभिड –१९ को महामारीमा स्वास्थ्य संस्था, क्वारेन्टाइन स्थल, हेल्प डेक्स, आइसोलेसन वार्ड, विरामी ल्याउन प्रयोग हुने एम्वुलेन्स लगायतका अवस्थामा अत्यावश्यक स्वास्थ्य सामाग्रीहरुको माग भइ रहेको छ । नेपालमा कोभिड १९ पछि अत्यावश्यक स्वास्थ सामाग्री सामाग्रीहरु सहज उपलव्ध नरहेको अवस्था छ । नेपाल सरकारले गैर सरकारी संस्था तथा अन्तराष्ट्रिय संस्थाहरुलाई स्थानीय सरकारको समन्वयमा सहयोग गर्नकोलागी आव्हान समेत गरेको छ । यस परिस्थितीमा स्थानीय सरकारहरुले सहयोगको आव्हान गरेको थियो ।
हस्तान्तरण समारोहमा त्रियुुगा नगरपालिकाका मेयर वलदेव चौधरीले यस विषम परिस्थितीमा नगरपालिकाले नगरवासिहरुको कोविड १९ वाट सुरक्षाका लागि विभिन्न कार्यहरु गरिरहेको सन्दर्भमा कोरोना भाइरसका विरुद्ध पुर्व तयारीकालागि स्वास्थ्य सामाग्रील ठुुलो सहयोग पुुगेको कुुरा वताउनुु भयो । त्यस्तै कटारी नगरपालिकामा समेत स्वस्थ्य सामाग्री हस्तान्तरण भएको छ । कटारी नगरपालिकाका मेयर ज्ञानेन्द्र श्रेष्ठले उदयपुर जिल्लाको अधिकांस क्षेत्रलाई स्वास्थ्य सुविधा उपलव्ध पुु¥याउन सफल कटारी नगरपालिकाभित्र रहेको एक मात्र सरकारी अस्पताल र यसै क्षेत्रको वेलसोतमा क्वरेन्टाइन स्थल संचालन भई रहेकोले स्वास्थ्यका सामाग्रीहरु अझ अपुुग भईरहेको अवस्थामा सेभ द चिल्ड्रेनको सहयोगले मद्दत पुुगेको बताउनुभयो । ती स्थानहरुमा उपलव्ध स्वास्थ्य सामाग्री तत्काल उपलव्ध गराउने र कोविड विरुद्धको स्वास्थ्य सेवालाई अझ मजवुद वनाउन सहयोग पुुगेको कुरा वताउनुु भयो ।

सेभ द चिल्ड्रेनसंग विगत विभिन्न कार्यक्रम मार्फत कटारी नगरपालिकामा सहकार्य भईरहेकोले यस महामारीको अवस्थामा पिपिइ सेट, आइ आर थर्मोमिटर लगायत अन्य सामाग्रि अझै अभाव भएकोले यस संस्थावाट सहयोगको अपेक्षा गरेको कुरासमेत उहाँले वताउनुु भयो । स्थानीय सरकारको अपेक्षालाई केहि हदसम्म सहयोग पुु¥याउन पहिलो चरणमा आबश्यक सामाग्री तत्कालै स्थानीय सरकारलाई उपलव्ध गराइएको र थप सामाग्रिका लागि सेभ द चिल्ड्रेन केन्द्रिय कार्यालयमा पहल भइरहेको संयोजक वुुढाथोकीले वताउनुभयो ।
