Sunday, May 31News That Matters

चारै खेल जितेर शिर्ष स्थानमा उक्लिएको फ्युजन क्लव पाँचौ चरणको खेलमा गाईघाट सँग पराजित

पूर्णपुष्टि, पुष १८
गाईघाट थारुहट रंगशालामा जारी उदयपुर (ए) डिभिजन फुटवल लिग प्रतियोगिताको पाँचौ खेलमा आईतबार ४ टिमले प्रतिस्पर्धा गरेको छ । आईतवार अर्थात (आज) बगाहा युवा समुह भर्सेस लालिगुराँस नव युवा क्लव र फ्युजन फुटवल क्लव बोक्से भर्सेस गाईघाट फुटवल क्लवले प्रतिस्पर्धा गरेका थिए ।

लिगमा अहिले सम्मकै उत्कृष्ट खेल प्रदर्शन गरेर शिर्ष स्थानमा उक्लिएको फ्युजन फुटवल क्लव बोक्सेलाई गाईघाट फुटवल क्लवले २–० को अन्तरले पराजित गरेको छ । खेल समयभरी गाईघाटले २ गोल प्रदर्शन गर्दा बोक्सेले भने कुनै पनि गोल फर्काउन सकेन । बोक्सेल हाल सम्म भएको चार खेल मध्ये चारै खेल जितेर लिगको शिर्ष स्थान ओगट्न सफल भएका थिए । यता गाईघाटले भने हाल सम्म १ खेल मात्र जितेका थिए ।

चार खेलमा बोक्सेल १२ अंक जोड्दा गाईघाटले जम्मा ४ अंक मात्र जेडेका थिए । पाँचौ चरणको खेलमा भने गाईघाटले बोक्सेलाई पराजित गर्दै अंक बढाउने काम गर्ने देखिएको छ । यता लालिगुँरास नव युवा क्लवले बगाहा युवा समुहलाई ३–० ले पराजित गरेको छ । खेल समयभरी लालिगुँरास नव युवा क्लवको तर्फ बाट ३ गोल प्रदर्शन हुदा बगाहा युवा समुह बाट कुनै गोलको प्रतिक्रिया आएन ।

चार खेल मध्ये हाल सम्म लालिगुँरास नव युवा क्वले २ खेल जितेको छ भने बगाहा युवा समुहले कुनै पनि खेल जित्न सकेको छैन् । लालिगुँरासको चार खेल खेलेर दुई खेल जित्दा लालिगुँरासले ६ अंक जोडेको थियो भने बगाहा ० अंकमै सिमित रहेको छ । आजको खेलको अंक भोली मात्रै सार्वजानिक हुने जिल्ला फुटवल संघ उदयपुरका सदस्य उदय राईले जानकारी दिए । राईले भोली पाँचौ चरणको खेल सकिए सँगै अंक बाढ्ने र जोड्ने काम हुने जनाए ।