पूर्णपुष्टि,माघ ३ । बढ्दो सवारी दुर्घटना न्यूनीकरणका लागि जलजले ट्राफिक प्रहरीले जलजलेस्थित सरगमाथा लोकमार्ग मै चालक तथा सह–चालकको स्वास्थ्य परिक्षण गरेको छ । सोमबार त्रियुगा नगरपालिका वडा नं.६ जलजलेमा बिहानको ८ बजे देखि बेलुकीको ५ बजे सम्म निशुल्क स्वास्थ्य परिक्षण गरिएको हो ।

ट्राफिक प्रहरी पोष्ट जलजलेले दुर्घटना न्यूनीकरणको लागि सगरमाथा लोकमार्गमा गुड्ने विभिन्न सवारीचालक र सह–चालकको सडकमै निःशुल्क रुपमा स्वास्थ्य परिक्षण गरिएको जिल्ला ट्राफिक कार्यालय उदयपुरका प्रमुख बल बहादुर खत्रीले बताउँनुभयो । जिल्लामा हुने सवारी दुर्घटनालाई मध्य नगर गर्दै शारिरीक रुपमा योग्य चालकहरुले सवारी चलाएमा सडक दुर्घटना न्यूनीकरणमा टेवा पुर्योने लक्षको साथ स्वास्थ्य परीक्षण गरेको खत्रीले बताउँनुभयो ।

स्वास्थय परिक्षणमा जलजलेका स्थानीय समाज सेवी बिष्णु भुजेलको सौजन्य र ई.प्र.का.जलजले र सुबेदी मेडिकल हजको आयोजनामा स्वास्थ्य परिक्षण सम्पन्न भएको हो । परिक्षणमा ट्रक र टिपर गरी ५ , बस २३, कार जिप १५, मोटरसाईकल १० र अटो सिटी १३ जटा गरी ६६ जनाले निशुल्क स्वास्थ्य परिक्षण सेवा लिएका थिए ।
