Wednesday, June 10News That Matters

चिकित्सक संघद्धारा आन्दोलन फिर्ता

पूर्णपुष्टि, असोज २५

सरकार र डाक्टर गोविन्द केसीबीच सहमति भएपछि आवासीय चिकित्सक सङ्घले आन्दोलन फिर्ता लिएको छ ।
हिजो अबेरसम्म पनि डाक्टर केसीको मागमा सरकार गम्भीर नभएको भन्दै आजदेखि आकस्मिक र कोभिड–१९ बाहेकका सबै सेवा बहिष्कार गर्ने निर्णय गरेको थियो । तर राति सहमति भएसँगै संघले आन्दोलन फिर्ताको घोषणा गरेको हो ।

हिजो बेलुकी अबेरसम्म पनि डाक्टर केसीको मागमा सुनुवाइ हुने छाँट नदेखेपछि संघले आन्दोलनको कार्यक्रम घोषणा गरेको थियो । जस अन्तर्गत त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल र वीपी कोइराला विज्ञान प्रतिष्ठानमा आजदेखि आकस्मिक र कोभिड–१९ बाहेकका सबै उपचार बहिष्कार गर्ने संघले चेतावनी दिएको थियो ।