Wednesday, July 1News That Matters

चिकित्सातर्फको नोबेल पुरस्कार ३ जनालाई

पूर्णपुष्टि, असोज १९

सन् २०२० मा चिकित्सा क्षेत्रको नोबेल पुरस्कार हेपाटाइटिस सी भाइरसको खोजी गर्ने हार्भी जे अल्टर, माइकल हटन र चार्ल्स एम राइसलाई दिइने भएको छ ।
नोबेल विश्वको सर्वाेच्च पुरस्कार हो । जुन पुरस्कार चिकित्सासहित शान्ति, साहित्य, भौतिक, रसायन र अर्थशास्त्रको क्षेत्रमा दिइने गरिन्छ ।

अल्टरले ट्रान्सफ्युजन सम्बन्धी हेपाटाइटिसको अध्ययन गरेका थिए । जसबाट क्रनिक हेपाटाइटिसको एक सामान्य कारण एक अज्ञात भाइरस भएको थाहा भयो । हटनले हेपाटाइटिस सी भाइरसको जीनोमलाई अलग गर्नको लागि एक नयाँ प्रविधिको प्रयोग गरे । त्यस्तै राइसले हेपाटाइटस सी भाइरस एक्लै हेपाटाइटिसको कारण बन्न सक्ने सिद्ध गरे ।

माइकल हटन बेलायती वैज्ञानिक र हार्भी जे अल्टर र चाल्र्स राइस अमेरिकी अनुसन्धानकर्ता हुन् ।