Friday, June 12News That Matters

चिठ्ठामा एमालेका किरण पाण्डे विजयी

पूर्णपुष्टि, जेठ १६ ।
उदयपुरको त्रियुगा नगरपालिकाको १० नं. वडाको वडाध्यक्ष पदमा बराबरी मत आएपछि चिठ्ठा गरिदा एमालेको किरण पाण्डेको भाग्य बलियो बनेको छ । वडाध्यक्षमा उनी चयन भएका छन् । रुख र सुर्यमा बराबरी मत १०५३÷१०५३ आएको हो । मत बराबरी आएपछि जीतको टुङ्गो लगाउन चिठ्ठा गरिएको हो ।
चिठ्ठाबाट वडाध्यक्षमा काङ्ग्रेसको प्रकाश खड्का पराजित भएका छन् । दुबैबीच बीच टक्कर मत चल्दै आएकोमा अन्तिममा पनि बराबरी भएको हो ।