
पूर्णपुष्टि, भदौ १८
चितवन मेडिकल कलेजमा उपचारत एक महिलाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । भरतपुर महानगरपालिका– ११ की ४० वर्षीया महिलाको संक्रमणबाट मृत्यु भएको हो ।

यही भदौ ५ गते श्वासप्रश्वासमा समस्या भएपछि उनलाई अस्पतलामा भर्ना गरिएको थियो । भदौ १० गते कोरोना सङ्क्रमण पुष्टि भएकी उनीको गतराति मृत्यु भएको अस्पतालले जनाएको छ ।
योसँगै चितवनमा कोरोना संक्रणबाट मृत्यु हुनेको सख्ंया १८ पुगेको छ ।
