Saturday, June 20News That Matters

चितुवाको आक्रमणबाट एक बालिका घाइते

पूर्णपुष्टि, जेष्ठ ३१

चितुवाको आक्रमणबाट तनहँमा एक बालिका घाइते भएकी छिन् । व्यास नगरपालिका–१२ देउराली पालिङकी मधु परियारकी साढे दुई वर्षीय छोरी अनुष्का परियार चितुवाको आक्रमणबाट घाइते भएकी हुन् ।

आइतबार साँझ घरभित्र खाना खान लागेका बेला ती बालिकालाई चितुवाले तानेको थियो । तीन कान्लासम्म लतारेपछि चितुवाले बालिकालाई छाडेको थियो । चितुवाले घाइते बनाएर छोडेको बालिकालाई आमाले  लिएर घर फर्किएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

प्रहरीका अनुसार बालिकाको चिउँडोमा चोट लागेको छ । उनको  दमौली अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था सामान्य रहेको दमौली अस्पतालले जनाएको छ ।