Saturday, June 13News That Matters

चितुवाले आक्रमण गर्दा आमा छोरा घाइते

पूर्णपुष्टि, भदौ १३ गते ।
चितुवाको आक्रमणबाट आमा तहुँमा छोरा घाइते भएका छन् । जिल्लाको व्यास नगरपालिका–११ पातीघारी बस्ने ४९ वर्षीय दिलमाया गुरुङ र उनका ९ वर्षीय छोरा शंकर गुरुङ घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहँले जनाएको छ ।
गएराति घरभित्र कोठामा आमाछोरा विस्तारामा सुतिरहेको अवस्थामा चितुवाले आक्रमण गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका डीएसपी युवराज खड्काले जानकारी दिए ।
नयाँ बन्दै गरेको आफ्नै घरमा आमाछोरा एउदै काठामा सुतिरहेका थिए । चितुवा कोठामा छिरेर सुतिरहेको छोरालाई आक्रमण गरेको थियो । छोरालाई बचाउने क्रममा चितुवा लखेट्न खोज्दा आमालाई पनि घाइते बनाएको प्रहरीले जनाएको छ ।