Friday, May 8News That Matters

चिनको ‘बेल्ट एण्ड रोड’ कार्यक्रममा १० अर्व खर्च

कात्तिक १७ गते । 

‘बेल्ट एण्ड रोड’ कार्यक्रम मार्फत चिनसँग जाडिएका देशहरुमा चिनले १० अर्व चार करोड अमेरिकी डलर खर्चेको छ । सन् २०१९ को सुरुदेखि अहिलेसम्म गैर–वित्तीय लगानीका क्षेत्रमा १० अर्ब चार करोड अमेरिकी डलर खर्चिएको चीनको बाणिज्य मन्त्रालयले जनाएको हो ।

गत वर्षको जनवरीदेखि अक्टोबरसम्म भएको लगानीको तुलनामा ६ प्रतिशतले कमी आएको हो । यस लगानी चिनको गैर–नाफामुलक वैदेशिक लगानीका क्षेत्रमा भएको लगानीको १२.४ प्रतिशत हुन आउँछ ।

सिङ्गापुर, भियतनाम, संयुक्त अरब इमिरेट्स, थाइल्याण्ड, मलेसिया, लाओस, इन्डोनेसिया, पाकिस्तान, कम्बोडिया र काजकस्तानमा लगानी भएको मन्त्रालयले दिइएको तथ्याङ्कमा उल्लेख भएको छ ।

यस वर्षको सुरूको नौ महिनामा चिनियाँ उद्योगहरूले चार हजार नै सय चार नयाँ करारमार्फत ८६ अर्ब आठ करोड अमेरिकी डलर ‘बेल्ट एण्ड रोड’ कार्यक्रममा जोडिएका देशहरूमा लगानी गर्ने सम्झौता गरेका छन् । यस कार्यक्रमको मूल्य चीनको वैदेशिक कार्यक्रम करारका लागि भएका कुल लगानीको ५९.२ प्रतिशत रहेको देखिएको छ ।