
पूर्णपुष्टि, असार ३ गते ।
भारत –चीनको विवादित सीमा क्षेत्र लद्दाखमा चिनीया र भातीय सेना विच झडप हुदा २० जना भारतीय सेनाको मृत्यु भएको छ ।
जून १५ र १६ मा भएको भिडन्तमा भारतीय सेनाका एक अधिकारी र १९ जवानको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीले जनाएको छ । मंगलबार ३ जना सैनिकको मृत्यु भएको जानकारी दिएको भारतीय सेनाले बुधबार थप १७ जना सैनिकको मृत्यु भएको जनाएको हो ।
पछिल्लो ४५ वर्षमा सीमा क्षेत्रमा भएको यो सबैभन्दा डरलाग्दो झडप भएको र यसमा अधिकांश घाइते सैनिकहरुले गम्भीर चोटका कारण मृत्यु भएको भारतीय सेनाले बताएको संचारमाध्यमहरुले जनाएको छ ।
