
पूर्णपुष्टि,पुष ३
आज बिहान नेपालको पश्चिमी तराइ भूभागका अधिकांश स्थानहरुमा बाक्लो हुस्सु कुहिरो र बाँकी तराई भूभागका एक दुई स्थानहरुमा हल्का हुस्सु र कुहिरो लागिरहेको जल तथा मौसम विज्ञान विभाग महाशाखाले जनाएको छ । महाशाखाले आगामी ३ दिनको मौसम पूर्वानुमान जारी गरेको छ ।
पुष ३ गते शुक्रबार दिउँसो प्रदेश नं. १, वागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागहरुमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । आज देशका अधिकांश स्थानहरुको तापक्रममा हल्का गिरावट आई चिसो बढ्न सक्ने महाशाखाले जनाएको छ । प्रदेश नं. १, लुम्बिनी प्रदेश तथा गण्डकी प्रदेशमा राति आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।
महाशाखाकाअनुुुसार पुष ४ गते शनिबार दिउँसो प्रदेश नं. १, बागमती प्रदेश तथा गण्डकी प्रदेशका भूभागहरुमा आंशिक बदली रही बाँकि भूभागमा मौसम सामान्यतया सफा रहनेछ । देशका पहाडी भूभागहरुमा राति आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।
पुष ५ गते आइतबार दिउँसो प्रदेश नं. १ र गण्डकी प्रदेशका भूभागहरुमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा महाशाखाले जनाएको छ । प्रदेश नं. १ र लुम्विनी प्रदेशका भूभागहरुमा राति आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।
