Monday, May 18News That Matters

चीन तयार भयो नेपाललाई खोप खरिदका लागि सहजीकरण गर्न

पूर्णपुष्टि,माघ २५ 

चीनले नेपाललाई अनुदामा ५ लाख डोज खोप उपलब्ध गराउने घोषणा गर्नुका साथै खोप खरिदमा पनि सहजीकरण गर्ने भएको छ । शुक्रबार परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीसँगको टेलिफोन वार्तामा चिनियाँ विदेशमन्त्री वाङ यीले सो प्रतिवद्धता व्यक्त गरेको काठमाडौंस्थित चिनियाँ दूतावासले जनाएको छ ।

चीनले सिनो फार्मले विकास गरेको खोप नेपाललाई दिन लागेको हो । चीनले अनुदानमा दिने भनेको खोप सकेसम्म छिटो ल्याउनका लागि नेपाली अधिकारीहरुसँग परामर्शमा रहेको दूतावासले जनाएको छ ।

यसअघि भारतले १० लाख डोज खोप अनुदानमा उपलब्ध गराएको थियो । सो खोप पहिलो चरणमा फ्रन्टलाइनरलाई उपलब्ध गराएको सरकारले अब दोस्रो चरणमा कूटनीतिक नियोगमा कार्यरत कर्मचारी र पत्रकारहरुलाई उपलब्ध गराइने जनाएको छ ।