
पूर्णपुष्टि, भदौ २०
चीन र भारत सीमा क्षेत्र लद्दाखमा तनाव भइरहेको समयमा चीन र भारतका रक्षामन्त्रीबीच भेटवार्ता भएको छ । चीनका रक्षामन्त्री वेई फेंघे र भारतीय रक्षामन्त्री राजनाथ सिंहविच रुसमा भेटवार्ता भएको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएको छ ।
दुई देशका रक्षामन्त्रि विच दुई घण्टा २० मिनेटसम्म छलफल भएको थियो । सीमा क्षेत्रमा भइरहेको दुई देशका सेनाको तनाव कम गर्ने विषयमा छलफल भएको संचारमाध्यमले जनाएको छ ।
संघाई सहयोग संगठनको बैठकमा भाग लिन रुस पुगेका दुई देशका रक्षामन्त्रीबीचको छलफलले सीमा क्षेत्रमा भइरहेको तनाव कम हुने अपेक्षा लिइएको जनाइएको छ ।
चीनका रक्षामन्त्री फेँघेले पनि वार्तामार्फत सबै विवाद समाधान गर्न सकिने भएकाले दुई देशबीच संवाद जारी राख्नुपर्ने बताउनुभएको थियो ।
अन्तर्राष्ट्रिय कानुनको पालना गरेर एक अर्कामा भरोसा राखेमा तनाव कम हुने भारतीय रक्षामन्त्री राजनाथ सिंहले बताउनुभएको संचारमाध्मले जनाएको छ ।
गत जुनमा लद्दाखको गलवान उपत्यकामा भएको झडपमा २० जना भारतीय सैनिकको ज्यान गएपछि भारत र चीनबीचको तनाव बढ्दै गएको छ ।
