
पूर्णपुष्टि, साउन २५ । चीनले नोभेल अल्ट्रा हाइ स्पिड (यूएचएस) म्याग्लेभ यातायात प्रणालीको सफल परीक्षण गरेको छ। सान्जी प्रान्तमा गरिएको यस परीक्षणमा रेलले प्रतिघण्टा १००० किलोमिटरको गति हासिल गरेको छ।
चीनको एरोस्पेस विज्ञान तथा उद्योग संस्थान लिमिटेडले साङ्जीसँग मिलेर गरेको यो परीक्षणमा रेलको नियन्त्रण प्रणाली, सस्पेन्सन र सुरक्षित रोक्ने प्रणाली सफल भएको चीनको सरकारी सञ्चार माध्यम सीजीटीएनले जनाएको छ । म्याग्लेभ प्रविधिमा आधारित यो रेल चुम्बकीय शक्तिद्वारा सञ्चालित हुन्छ।
परीक्षणले लामो दूरीको यात्रा, मर्मत, कम हावाको चापमा प्रणालीको कार्यक्षमता र अन्य प्रमुख प्रविधिहरूको प्रदर्शनलाई पनि सफल देखाएको छ। यो प्रणाली भविष्यमा चीनका ठूला शहरहरू बीचको यातायातका लागि प्रयोग गर्न सकिने र यसले बेइजिङदेखि सांघाईसम्मको यात्रा लगभग डेढ घण्टामा पूरा गर्न सक्ने अनुमान गरिएको छ।
