Wednesday, April 22News That Matters

चुरे संरक्षण दिवसमा उदयपुरमा गरियाे बृक्षराेपण

पूर्णपुष्टि, साउन २ ।
“चुरेकाे माटाे चुरेलाई, सफा पानी सबैलाई” भन्ने नाराका साथ देशभर मनाईएकाे १० ओैं चुरे दिवसकाे अबसरमा उदयपुरमा आज बृक्षराेपण गरिएकाे छ ।
त्रियुगा नगरपालिका -६ स्थित डाँडावारी सामुदायिक वनमा डिभिजन वन कार्यालय उदयपुरकाे आयाेजना तथा देउरी सबडिभिजन कार्यालय जलजले र स्थानीय साबउसकाे सहआयाेजनामा बृक्षराेपण भएकाे हाे ।
विभिन्न जातका करिव दुईसय बिरुवा राेपिएकाे हाे । दिवसलाई खाली चाैरीमा बृक्षराेपण गरेर मनाईएकाे हाे । चुरे संरक्षणका लागि खाली जमिनमा बृक्षराेपण गर्दै जाने अभियान अनुरुप थालनी गरिएकाे बताईएकाे छ । बृक्षराेपणमा बन कर्मचारी, सामुदायिक वनका पदाधिकारी तथा स्थानीयहरुकाे सहभागिता थियाे ।

फाेटाेफिचर