Saturday, June 13News That Matters

चुरोटको निहुँमा खुकुरी प्रहार गरी भाइको हत्या गरेको अभियोगमा दाई पक्राउ

पूर्णपुष्टि, जेठ २९ गते ।
भाईको हत्या गरेको अभियोगमा प्रहरीले सुनसरीको बराहक्षेत्र नगरपालिका–४ कौवा खोज बस्ने ३० वर्षीय देबराज धामीलाई आइतवार पक्राउ गरेको छ । चुरोटको निहँमा भएको झगडामा १८ वर्षीय भाइ देवकुमार धामीको हत्या गरेको अभियोगमा प्रहरीले देबराजलाई पक्राउ गरेको हो ।
देबराजले खुकुरी प्रहार गर्दा देवकुमार गम्भीर घाइते भएको भन्ने खबर प्राप्त हुनसाथ जिल्ला प्रहरी कार्यालय सुनसरी र प्रहरी चौकी भरोलबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । गम्भीर घाइते देवकुमारको घोपा धरान अस्पतालमा उपचारको क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ ।