Wednesday, October 7News That Matters

चुहाडेमा आयोजित रक्तदान कार्यक्रममा ३० युनिट रगत संकल्न

पूर्णपुष्टि/ गाईघाट २० असोज ।

त्रियुगा नगरपालिका–७ चुहाडेमा आयोजित खुला रक्तदान कार्यक्रममा ३० युनिट रगत संकलन भएको छ ।
दनुवार जागरण समितिको आयोजनामा भएको रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा उदयपुरका सभापति मदनराज कट्वालका अनुसार ३० युनिट रगत संकलन गरिएको हो ।
रक्तदान कार्यक्रममा कोशी प्रदेश सभाका उपसभामुख सृजना दनुवार, त्रियुगा नगरपालिकाका उपप्रमुख महेश्वरी राई, स्थानीय जनप्रतिनिधि, समाजसेवी तथा रक्तदाताहरूको सहभागिता रहेको थियो ।
कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा उदयपुरले प्राविधिक सहयोग गरेको आयोजकले जनाएको छ । रक्तदानमार्फत आकस्मिक तथा उपचारका क्रममा आवश्यक पर्ने रगतको अभाव न्यूनीकरणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।