
पूर्णपुष्टि, माघ १४ । चेक बाउन्स मुद्धामा उदयपुरका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । चेक बाउन्स गरेको मुद्धामा उदयपुरको त्रियुगा नगरपालिका–७ गाईघाट घर भई हाल काठमाडौं महानगरपालिका–७ बस्ने मोहनकुमार खत्री र उनका छोरा कल्याण खत्रीलाई जिल्ला प्रहरी कार्यालयले खोटाङले पक्राउ गरेको हो ।
पैसा नभएको खाताको चेक काटेर ‘बेइमानी’ गरेको भन्दै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका युवराज बस्नेतले दिएको उजुरीका आधारमा बाउलाई सुनवल नवलपरासीबाट र छोरालाई काठमाडौं महानगरपालिका–७ रातोपुलबाट पक्राउ गरिएको प्रहरी निरिक्षक बेनु कार्कीले जानकारी दिए।
बाउछोराले बस्नेतलाई गत भदौ ५ गते ४ लाख २० हजारको चेक दिएको तर बैंकमा साट्न जाँदा रकम नभएपछि बस्नेतले माघ ८ गते खत्री बिरुद्ध प्रहरीमा जाहेरी दिएका थिए। उनीहरुलाई बैंकिङ कसुरमा अनुसन्धान थालिएको प्रहरीले जनाएको छ। बैंकिङ कसुर सम्बन्धी मुद्दामा पक्राउ परेका खत्री बाबुछोरा राम्चे निर्माण सेवाका सञ्चालक हुन्।
