Thursday, May 7News That Matters

चोरी गरी फरार रहेको १ जना पक्राउ

उदयपुर, असोज ९ गते । 

उदयपुरमा चारी गरी फरार रहेको तेह्रथुम आठराईको प्रकाश श्रेष्ठ भनेर चिनिने चन्द्रप्रकाश मैनाली पक्राउ परेको छ । चौदण्डिगढी नगरपालिका–७ निबासी खड्गबहादु सेन्चुरीको घरमा चोरी गरी फररा रहेको तेह्रथुम आठराई गाउँपालिका–३ छातेढुङ्गा निबासी २७ वर्षीय मैनाली पक्राउ परेको हो ।

गत साउन ८ गते सेन्चुरीका घरको दराज फोडेर ५ लाख ५० हजार नगद चोरी गरी फरार रहेका मैनालीलाई खोजतलास गर्ने क्रममा गत असोज ६ गते फिदिम बजमा लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ गरेको प्रहरीले जनाएको छ ।

सेन्चुरीकै घरमा काम गर्न बसेका मैनालीले चोरी गरी फरार भएको थियो । पक्राउ परेको मैनालीको साथबाट ७० हजार नगद, चाँदको ब्रास्लेट तथा सिक्री र १ थान मोवायल बराम गरेको प्रहरीले जनाएको छ । पक्राउ परेको मैनाली माथी थप अनुसन्धान भईराखेको इलाका प्रहरी कार्यालय बेल्टारले जनाएको छ ।