Wednesday, June 17News That Matters

चोरी मुद्धाका फरार प्रतिवादी पक्राउ

पूर्णपुष्टि भाद्र ३० गते ।
चोरी मुद्धामा फरार रहेका प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिराटनगर ६ मोरङका २९ बर्षीय पप्पु सहनी रहेका छन् ।मोरङ जिल्ला अदालतको मिति २०७८।०८।२० गतेको फैसलाले चोरी मुद्धमा १ महिना ४ दिन कैद २ हजार रुपैया जरिवाना र सोहि मितिको सजाय निर्धारण फैसला आदेशले ४ महिना ४ दिन कैद र ५ हजार रुपैया जरिवाना तोके पनि उनि फरार रहेका थिए । ।

१ नं. प्रदेश प्रहरी कार्यालय विराटनगर, RIT बाट खटीएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा सहनीलाई गाउँघरमा नै लुकिछिपी बसेको अबस्थामा बिहिबार पक्राउ गरेको हो । पक्राउ परेका उनलाई भुक्तानको लागी मोरङ जिल्ला कारागारमा पठाएको प्रहरीले जनाएको छ ।