Monday, April 20News That Matters

चोरीको आरोपमा २ जना चिनिया पक्राउ

भदौ ८ गते ।

त्रिभुवन विमानस्थलबाट दुई जना विदेशी नागरीक चोरीको आरोपमा पक्राउ परेका छन् । जहाज भित्र नै चोरी गरेको आरोपमा चिनियाँ नागरिकहरुलाई प्रहरीले नियन्त्रणमा लिएका हुन् ।

बुधबार टर्किस एयरलाइन्सबाट काठमाडौं आएका राहदानी नम्बर इजी ५७४२५२३ बाहक सिन्जोङ हु र राहदानी नं. इजी ६८४२७२२ बाहक क्यूआई मलाई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

डेनमार्कका नागरिकको सुन र नगद चोरी गरेको आरोपमा पक्राउ परेकाहरुको साथबाट २ थान सुनको बाला र विभिन्न देशका मुद्रा बरामद गरेको प्रहरीले जनाएको छ ।

शनिबार बिहान टर्किस एयरलाइन्सबाट स्तानबुल जान लागेका बेला उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान महागनरीय प्रहरी वृत्त, गौशालाले गरिरहेको प्रहरीले जनाएको छ ।