Wednesday, June 10News That Matters

चौथो कटारी नगर मेयर कप फागुन ७ देखि हुने

पूर्णपुष्टि,फागुन ३ । उदयपुरको कटारी नगरपालिकामा चौथो कटारी नगर मेयक कप फुटबल प्रतियोगिता आगामी फागुन ७ गते देखि हुने भएको छ । प्रजातन्त्र दिवशको अवसर पारेर नगर खेलकुद विकास समिति कटारीको आयोजना र कटारी नगरपालिकाको प्रायोजनमा प्रतियोगिता गर्न लागिएको हो ।

बुधवार प्रतियोगिताको खेल तालिका सार्वजनिक गर्दै आयोजकले ७ देखि १४ गतेसम्म प्रतियोगिता गर्न लागेको जनाएको छ । उक्त तालिका अनुसार उदघाटन खेल वडा नम्बर ४ र वडा नम्बर १ वीच हुने छ । खेलकुद विकास समति कटारीका अध्यक्ष दिपक लामाले प्रतियोगिताका लागि मैदान सरसफाई तथा अन्य तयारीलाई तिव्रता दिएको बताउँदै व्यवस्थित किसिमले खेलकुदको कार्यक्रम गर्न समिति लागि परेको बताउनुभयो ।

प्रतियोगिताको विजेताले नगद १ लाख र उपविजेताले नगद ५० हजार सहित मेडल, कप र प्रमाण पत्र हात पार्ने समितिका उपाध्यक्ष राजकुमार थापा क्षेत्रीले बताउनुभयो । त्यसैगरी उत्कृष्ट खेलाडी, गोलरक्षक, सर्वाधिक गोलकर्ता, उदयमान खेलाडीलाई प्रमाण पत्र र मेडलका साथमा नगद २ हजार ५ सय प्रदान गरिनेछ । समितिका अनुसार म्यान अफ द म्याचलाई मेडल, प्रमाण पत्र र जर्सी सहित एक हजार नगद प्रदान गरिनेछ । प्रतियोगितामा १३ टिमको सहभागिता रहने छ । खेल दिउँसो र विहान गरी खेलाईनेछ ।