
पूर्णपुष्टि,फागुन ४ । गए राति ग्यास सिलिण्डर बिस्फोट हुँदा नेपाली कांग्रेसका नेता चन्द्रकान्त भण्डारी गम्भीर घाइते भएको छ । निजि निवासमै उक्त घट्ना मा परी उनको ८६ वर्षीय आमा हरिकलासमेत घाइते भएकी हुन् । उनीहरूको हाल कीर्तिपुरमा रहेको बर्न अस्पतालको आइसियुमा उपचार जारी छ।
कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले ग्यास सिलिण्डर बिस्फोटबाट घाइते नेता भण्डारी र उनकी आमाको उपचार जारी रहेको जानकारी दिए ।
चिकित्सकहरूका अनुसार चन्द्रको शरिरको करिब २५ प्रतिशत भाग र उनकी आमाको करिब ७० प्रतिशत भागमा असर गरेको गुल्मी १ बाट निर्वाचित सांसद भण्डारीको सचिवालयले जानकारी दिएको छ । सांसद भण्डारीको अनुहार, हात र खुट्टामा धेरै जलन भएको चिकित्सकहरूले बताएका छन्।
उनीहरू खाना खाएर सुतिसकेको अवस्थामा ग्यास सिलिण्डर बिस्फोट भएको थियो ।
