Wednesday, June 10News That Matters

सावित्राको दुई गोलमा नेपालले भारतलाई रोक्यो

पूर्णपुष्टि,फागुन ४ । नेपाली महिला राष्ट्रिय फुटबल टोलीले भारतविरुद्ध मैत्रीपूर्ण खेलमा बराबरीमा रोकेको छ । फरवार्ड सावित्रा भण्डारी ‘साम्वा’ ले खेलको अन्त्यतिर २ मिनेटको अन्तरमा दुई गोल गरेपछि नेपाली महिला राष्ट्रिय फुटबल टोलीले घरेलु टोली भारतसँगको पहिलो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा बराबरी खेलेको हो ।

बुधबार चेन्नइमा भएको खेलमासाम्बाले खेलको ९० मिनेटमा पेनाल्टीबाट गोल गर्दै खेललाई २–१ को स्थितिमा ल्याएको थियो । सावित्रा भण्डारी साम्बाले दुई मिनेटको अन्तरमा दुई गोल गर्दा नेपालले हार टारेको ह‍ो । उनले इन्जुरी टाइमको द‍ोस्रो मिनेटमा अर्को गोल गर्न सफल भइन्।

त्यसअघि भारतका लागि सौम्यले ५६ मिनेटमा र इन्दुमतिले ६८ मिनेटमा गोल गरेका थिए । अब नेपाल र भारतबीच शनिबार दोस्रो खेल हुनेछ।