Tuesday, June 9News That Matters

बचतकर्ताको आक्रोशले तुलसीको सबै कार्यालय र स्टोरहरु बन्द

पूर्णपुष्टि, फागुन ४ । सहकारी डुवेको बाहिरी हल्लाका कारण बचतकर्ताहरुले पैसा फिर्ता माग राखे सँगै तुलसी बहुमुखी सहकारीको सबै कार्यालयहरु बन्द अवस्थामा पुगेको छ । उक्त सहकारीको बिराटनगर मुख्य कार्यालय सहित ४ स्थानमा शाखाहरु रहेको छ । पछिल्लो समय सबै शाखाकामा रहेको बचतकर्ताहरुले बचत फिर्ता मागे पछि सहकारी संकटमा परेको हो । संञ्चालकहरुले भने सहकारी नडुवेको बताएका छन् । उनिहरुले सबैको पैसा एकै पटक फिर्ता दिन व्यवस्थापनमा पनि समस्या हुने हुँदा विस्तारै बचतकर्ताहरुलाई पैसा फिर्ता गर्दै जाने जनाए ।

विराटनगर–३ मा मुख्य कार्यालय रहेर करोडौँको कारोबार गर्दै आएको तुलसी बहुउद्देश्यीय सहकारी संस्था त्यस ठाउँको ठुलो सहकारी संस्थाको रुपमा परिचित रहेको छ । हजारौँ मानिसहरू कार्यालयमा दिनहुँ आउँदा सहकारीको कार्यालय तथा डिपार्टमेन्ट स्टोरहरू भने सबै बन्द अवस्थामा रहेको छ ।

यस सहकारीको विराटनगरमा मात्रै ५ हजार बढी बचतकर्ता रहेको उल्लेख गरिएको छ । विराटनगरका ५ हजार जनाबाट मात्रै झन्डै ६६ करोड बचत जम्मा भएको सहकारीका कर्मचारीहरू बताउँछन् । झापाको दमक, उदयपुरको गाईघाट र सिराहाको गोलबजारमा पनि शाखा कार्यालय रहेको सहकारीको जम्मा निक्षेप (बचत) रकम मात्रै डेढ अर्ब बराबर रहेको बताइन्छ । सहकारीले ४८ करोड ऋण लगानी गरेको छ । शेयर पूँजी मात्रै १० करोड रहेको जनाईएको छ।
यता गाईघाट शाखा पनि तनाव अवस्थामा छ । अध्यक्ष सँग छलफल गर्ने भनिएको बचतकर्ताहरुले बिराटनगरमा संञ्चालक समितिको सचिव र उपाध्यक्ष पक्राउ परेपछि छलफल अगाडी बढेन् । गाईघाट शाखामा मात्रै झण्डै २४ करोड बचतकर्ताहरुको निक्षेप रहेको छ । भने ३५ सय हाराहारीमा बचतकर्ताहरुको संख्या रहेको छ । जमा १ करोड देखी ४ करोड बढी सम्म एकै ब्यापारीहरुले बचत गरेको छ ।