
भदौ ८ गते ।
प्रदेश न. १ को प्रदेश सभा चौथो तथा बजेट अधिवेशन दैनिक कार्यसुचीमा दुई वटा प्रतिवेदन पेश भएको छ । आईतबार बसेको प्रदेश सभामा सुशासन तथा योजना र भवन निर्माण सम्बन्धमा बनेको विधेय–२०७५ प्राकृति स्रोत तथा पूर्वाधार विकासको वार्षीक प्रतिवेदन पेश भएको हो ।
सुशासन तथा योयजना समितिको वार्षीक प्रतिवेदन र प्रदेश भवन निर्माण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ मा प्राकृतिक स्रोत तथा पुर्वाधार विकास समितीको प्रतिवेदन समितिका सभापतिहरुले सभामा पेश गर्नु भएको थियो ।
सभामा समितिका सभापतिहरुले आ–आफ्नो वार्षीक प्रतिवेदन पेश गरेका थिए । उक्त सभा भोली विहान ११ः३० बजे बस्ने निर्णय गर्दै सभा सकिएको थियो ।
