Wednesday, June 24News That Matters

चौदण्डिगढीबासी सकुशल आईपुगे

पूर्णपुष्टि, बैशाख १३ गते ।

काठमाडौंबाट चौदण्डिगढीबासी बेल्टार सकुशल आईपुगेको छ । स्थानीय लिएर काठमाण्डौबाट उदयपुर आउँदै गरेको बास महोत्तरीमा दुर्घटना भएपनि विहान नगरबासी सकुशल आईपुगेको नगरले जनाएको हो ।

लकडाउनका कारण काठमाण्डौमा अलपत्र परेका नगरबासीलाई चौदण्डिगढी नगरपालिकाले यातायातको व्यावस्था गरेर घर ल्याउने काम भईराखेको चौनपाका मेयर खगेन्द्र राईले बताए । त्यसै अनुरुप हिजो काठमाण्डौबाट नगरबासीलाई लिएर आएका बस महोत्तरीको बर्दिबासमा दुर्घटना भएपनि नगरबासी केहि नभएको सकुशल आई घर पुगेको उनले बताए ।

काठमाडौँबाट चौनपा आउँदै गरेको बा ३ ख ४०३६ नम्बरको बस दुर्घटना हुदा बसका सहचालक तामाकोशी–३ दोलखा घर भएका २२ वर्षीय प्रदिप बिश्वकर्माको घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।