Saturday, April 25News That Matters

चौदण्डीका २० स्थानीय युवाहरुलाई निशुल्क ड्राईभिङ, लाईसेन्स समेत उपलब्ध गराउने

पूणर्पुष्टि, बैशाख १५

२० जना स्थानीय युवाहरुलाई चौदण्डीगढी नगरपालिकाले निशुल्क ड्राईभिङ तालिम दिने भएको छ । आर्थिक वर्ष ०७७/७८ को विनियोजित वजेटबाट लक्षीत समूहका आदिवासी जनजाति युवाहरुलाई चारचक्के (भेन) चलाउने तालिम दिन लागिएको हो ।

आदीवासी जनजाति नगर समितिको आयोजनामा १ महिनासम्म सञ्चालन हुने तालिमको ७ नं. वडाका अध्यक्ष तेजराज तिम्सिना र ८ नं. वडाका कार्यवाहक अध्यक्ष गडुलमान विकद्वारा संयुक्तरुपमा बुधबार विहान पशु हटिया स्थित तालिमको  उद्घाटन गरेका हुन् ।

पहिलो चरणमा १० जना महिलाहरुलाई अटो (टेम्पु) चलाउन तालिम दिइएको थियो भने गत वर्ष २० जना युवाहरुलाई ट्याक्टर चलाक बनाइ लाइलेन्स प्राप्त बनाईएको थियो ।

सो सीप सिकेर उनिहरुले अहिले जीवीको पार्जन गरिरहेको जनाएको छ । प्रत्येक वडाबाट २/२ जनालाई  सहभागि गराइएको छ । तालिममा सहभागीहरुलाई सवारीको अनुमति पत्र (लाइसेन्स)समेत उपलब्ध गराइनेछ ।