
पूणर्पुष्टि, मंसिर २७
चौदण्डीगढी नगरपालिका सिर्वानी स्थित कालिका माध्यमिक विद्यालयले कानुन विषयमा समेत पढाई सुरु गरेको छ ।
वडा नं ६ सिर्वानी स्थित शुक्रबार चौदण्डीगढी नगरपालिकाका मेयर खगेन्द्र राईले नयाँ भर्ना भएका विद्यार्थीहरुलाई स्वागत सहित कानून विषय कार्यक्रमको उद्घाटन गर्नुभयो ।
हाल देशव्यापी रुपमै कानुन विषयको निकै महत्व हुन थालेको छ । चौदण्डीमा मात्रै नभई कानुन विषय जिल्लामै पनि न्युन अध्यान हुेने विषय हो । कालिका माध्यमिक विद्यालयमा कानुन विषयमा समेत पढाई हुन थाले पछि विद्यार्थीहरुको रोजाई अनुसार कानुन विषयमा समेत अध्यान गर्न सजिलो भएको नगर प्रमुख खगेन्द्र राईले बताउनुभयो । आफु पनि कानुन विषयमा निकै रुचि राख्ने भएकाले यो एउटा निकै महत्वपूणर् शिक्षा विषयको सुरुवाती गरेको प्रमुख राईले बताउनुभयो ।
उहाँले हाम्रो सपना तपाईहरुको पुस्तालाई पुरा हुने गरी तपाईहरुको इच्छा अनुसारको विषयहरु विद्यालयमा सञ्चालन गरेका बताउनुभयो ।
त्यस्तै वडाध्यक्ष कमलध्वज राईले आफ्नो वडामा रहेको दुई वट सम्पत्ति भनेको विद्यालयहरु नै भएकोले दिनरात यसैको प्रगति र उन्नतिको लागि लागिपरेको बताउनुभयो । विद्यालयको प्रगति हुनु भनेको आम वडावासीको बालबच्चा शिक्षित हुनु हो र बालबालिका शिक्षित हुनु भनेको समाज शिक्षित हुने हो र एवं प्रकारले समग्रह राष्ट्रको समृद्धि हुने बताउनुभयो । अबदेखि कक्षा १ देखि १२ सम्म अध्ययनरत विद्यार्थीलाई निःशुल्क डटकपी उपलब्ध गराउने पनि वडाध्यक्ष राईले बताउनुभयो ।
