
पूर्णपुष्टि, भदौ ११
मदन भण्डारी राजमार्गको मुख्य सडकको रुपमा प्रयोग हुने चौदण्डीगढी नगरपालिका ९ ज्यामिरे खोलाले बर्षेनी यात्रु तथा सवारीहरुलाई समस्यामा पार्ने गरेको छ । यो समस्या खाली एक पटक मात्रै नभई हरेक बर्ष बर्खामा याममा आई पर्ने समस्या हो ।

गाईघाट देखी बेल्टार र धरान लगायत पूर्वका बिभिन्न ठाउँमा सहज र छिटो सडकको रुपमा प्रयोग गर्दै आईरहने यो सडकमा बिभिन्न खोलाहरु छन् । त्यस मध्य पनि यो ज्यामिरे खोला बर्खामा उर्लिदा राम्रै बाढीको रुपमा परिणत हुन्छ । लगतार दुई दिन देखिको बर्षाले ह्वात्तै बढेको बाढीले सयौँ यात्रु तथा सवारीहरुलाई समस्यामा पार्दै आईरहेको देखिन्छ ।
बिहिबार बाढीका कारण ज्यामिरेमा सयौँ यात्रु र सवारीहरु अलपत्र परे । समान्य गाडीहरु मोटरसाईकल अटोहरु मात्र नभएर ठुला गाडीहरु समेतलाई समस्यामा पारेको छ । सवारीको वारी पारीको पारी छ ।
समयमै पुल नवन्दा साधारण देखि जटिल यात्रामा रहेका विरामी तथा सवारीहरु धेरै मारमा पर्ने यात्रुहरुको भनाई छ । उनिहरुले सम्बनिधत निकायलाई छिटो पुल वनाई यात्रा सहज गराउन बाराम्वार अनुरोध समेत गर्दै आईरहेको छ । 
